एजेन्सी । अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने समस्या भएका व्यक्तिका कारण घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ।
घुुर्ने मानिस आफन्तबाटै टाढिनुपर्ने अवस्था सिर्जना हुन्छ ।
के हो घुर्ने समस्या ?
९० प्रतिशत मानिसमा नाकको डाडी बांगो हुन गई घुर्नेसमस्या देखिन्छ । कुनै मानिसमा अकरु नै कारणले श्वासप्रश्वासमा अवरोध भई घुर्ने समस्या आउँछ । यो समस्याले बच्चादेखि वृद्धसम्मलाई दुःख दिने गर्दछ।
घुर्ने समस्या हुने मानिसमा पटकपटक ब्युँझिने, छटपटी गर्ने, बारम्बार पसिना आउने, चिटिचिट हुनेजस्ता समस्या देखिन्छन् । घुुर्ने समस्या अक्सिजनको कमीलेगर्दा हुने भएकोले दिमागदेखि शरीरका विभिन्न भागमा असर गर्ने गर्दछ।
दुई प्रकारका हुन्छन्
– विभिन्न किसिमका इन्फेक्सन,चोटपटक, तथा ट्युमरले गर्दा श्वासप्रश्वासमा अवरोध आई घुर्ने समस्या आउने गर्दछ ।
– दिमाग र श्वासप्रश्वासका मांसपेशीसँगको नियन्त्रण छुट्यो भनेघुर्नेसमस्या उत्पन्न हुन्छ ।
कारण
– कुनै बच्चा जन्मँदै नाक, घाँटीमा विभिन्न समस्या छ भने श्वासप्रश्वासको समस्या हुने गर्दछ । त्यसले गर्दा श्वास फेर्न गाह्रो भई घ्यारघ्यार हुने र सुतेको बेलामा घुर्नेहुन्छ ।विशेषगरी ३ देखि ७ वर्ष उमेरका बच्चामा टन्सिल एडिन्यन्सबढ्नाले घुर्नेसमस्या हुन्छ ।
– बच्चामा हुने मिलानो भन्ने ट्युमरले गर्दा घुर्ने समस्या हुन्छ । यो नाक अथवा नाँकको पछाडि टन्सिल हुने भागमा ट्युमर आउने गर्दछ ।
– युवा अवस्थामा पनि बच्चामा बढ्ने टन्सिल एडिन्यन्स ठूलो भई घुर्ने समस्या हुन्छ ।
– एजियो फाइब्रोमाभन्ने ट्युमरले गर्दा पनि घुर्ने समस्या हुन्छ । यो विषेशगरीकेटामा बढी हुन्छ ।
– कुनै बच्चा जन्मिँदै नाक थेप्चेर भएर जन्मन्छन् । उनीहरुको नाकको डाँडी बांगो हुने गर्दछ । त्यो कारणले गर्दा पनि घुर्ने समस्या हुन्छ । त्यसलाई भनिन्छ। यो समस्या बच्चादेखि वृद्धसम्म हुने गर्दछ ।
– पोलिप्स नाकको वरिपरि भागमा आउने टिस्युहरुले पनि घुर्ने समस्या हुन्छ ।
– वृद्ध अवस्थामा क्यान्सरजन्य ट्युमर वा अन्य ट्युमर आएर घुर्नेसमस्या हुन्छ । कसैको जिब्रो मोटो हुन्छ, त्यसलाई म्याक्रोगोलोसिस भनिन्छ । त्यो कारणले पनि घुर्नेसमस्या हुन सक्छ।
– बुढेसकालमा जिब्रो नरम हुने भएकाले सुतेको बेलामा जिब्रो दोब्रिने गर्दछ, त्यसले गर्दा पनि घुर्नेसमस्या हुने गर्दछ ।
– एसिड अल्कालिसले गर्दा श्वास नलीको माथिल्लो भाग खुम्चने गर्छ र घुर्नेसमस्या आउँछ ।
– श्वास नलीमा चोट लाग्दा भित्र सुनिन्छ र सुत्ने बेलामा श्वासमा अवरोध भई घुर्नेसमस्या उत्पन्न हुन्छ ।
– जिब्रोको पछाडिको रगतको नशा फुल्दा श्वासमा अवरोध भई घुर्ने समस्या आउँछ ।
– र्यालका ग्रन्थीहरु उत्पन्न हुने ठाउँमा ट्युमरआउने गर्दछन् जसलाई भनिन्छ, त्यो कारणले पनि घुर्ने समस्या हुन्छ ।
उपचार
– सुरुमा आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने। मोटोपन घटाउने,शारीरिक कसरत गर्ने, धूमपान,मदिरा सेवननगर्ने र घोप्टो परेर सुत्ने ।
– मेडिकलमा पोजेटिभ एयरवय प्रेसरको माध्यमबाट पनि घुर्नेसमस्यालाई नियन्त्रण गर्न सकिन्छ ।मुखमा राख्ने माउथ एयर पिस हुन्छ, जुन मुखमा राखेपछि श्वास फेर्न सजिलो हुन्छ र घुर्ने समस्या कम हुन्छ ।
– के कारणले गर्दा घुर्ने समस्या आएको हो, कारण पत्ता लगाउने र सर्जरी गर्ने ।
प्रतिक्रिया