सुर्खेत । सुर्खेतमा बसको ठक्करबाट एक महिलाको मृत्युपछि आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएपछि अहिले सुर्खेतको अवस्था तनाबग्रस्त भएको छ । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहारसमेत गरेको छ ।
आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरूले सोमबार बिहानैदेखि आन्दोलन यहाँ आन्दोलन जारी राखेका छन् । आन्दोलनलाई रोक्न प्रहरीले प्रयास गरेपनि आन्दोन झनै चर्किएको छ ।
दोहोरो झडपमा एक जना प्रहरी घाइते भएका छन् ।
प्रतिक्रिया