काठमाडौं । यातायात व्यवसायी र मजदुरको आन्दोनले उग्ररुप लिएको छ । विभिन्न माग राख्दै सुरु भएको आन्दोलन प्रहरीको नियन्त्रण भन्दा बाहिर गएको छ । नयाँ बसपार्क क्षेत्रमा सुरु आज दिउसोबाट सुरु भएको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसमेत गरेको छ ।
विभिन्न मागसहित आज दिनभर सो क्षेत्रमा यातायात व्यवसायी तथा मजदुरहरुले आन्दोलन चर्काएका थिए । ट्राफिकले चेकजाँचमा बढी शुल्क लिएको साथै पार्किङ शुल्क बढी लिइएको र यातायात मजदुरहरुको सुरक्षा नभएको भन्दै आन्दोलन गरेका थिए । सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि अनियन्त्रीत भएको छ ।
आन्देलनकारीले माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् । दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए ।
आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेको छ । त्यहाँको मोवाइल पसलसहितका केही पसमा तोडफोड भएको छ । उत्तेजित भीडले माछापोखरीमा सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलाएको छ ।
भोलि उपत्यकाभर यातायात चल्न नदिने व्यवासायी तथा मजदुरहरुले चेतावनी दिएका छन् ।
ठूलो संख्यामा रहेका प्रदर्शनकारीको ढुंगा लागेर केही प्रहरी समेत घाइते भएको बुझिएको छ । अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रतिक्रिया