फिदिम । प्रदेश नं. १ का उदयपुर, झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो झापाको भद्रपुर नगरपालिका–४ मा चेकजाँचका क्रममा सोही स्थनका २० बर्षीय सुदिप चेम्जोङ र ज्ञानेन्द्र केरुङलाई ३ ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
यस्तै लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ मा भारतबाट नेपाल आउँदै गरेका उदयपुरका २४ बर्षीय रोशन पपरियारलाई लुपिजेशिक, ऐभिल, डाइजेपाम र फेनरगन गरी २० एम्पुल सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहानबाट गाइघाटतर्फ आउँदै गरेको मे १ ख ३०५४ नम्बरको बसमा सवार रहेका त्रियुगा नगरपालिका–१३ का १९ बर्षीय पासर राईलाई सिटमुनि लुकाई राखेको डाइजेपाम, फेनारगन र ब्रुफिनोफिन समेत गरी ४८ एम्पुल औषधी सहित पक्राउ गरेको छ । पक्राउ परेका चारै जनामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया