Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सवारी दुर्घटनामा २ जनाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सवारी दुर्घटनामा २ जनाको मृत्यु

चिन्तन खबर

बिराटनगर । सुनसरी जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

हिँजो दिउँसो सुनसरीको हरीनगरा गाँउपालिका–१ को हुलाकी सडकमा को २५ प ८८०९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी भारत अररियाका सुबोध मुखियाको ७ बर्षीया छोरी नैनाकुमारी मुखियालाई ठक्कर दिँदा घाइते भएकी थिइन् । मुखियाको उपचारका क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको छ ।

यसैगरी रामधुनी नगरपालिका–७ भित्री सडक खण्ड को २ त ५५८१ नम्बरको ट्याक्टरबाट लडेर घाइते भएका रामधुनी–७ का १६ बर्षीय कृष्ण चौधरीको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न रहेका मोटरसाइकल चालक हरीनगरा–२ का २१ बर्षीय सदाम अन्सारी र ट्याक्टर चालक रामधुनी–७ का ३५ बर्षीय लब चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।