Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्रदीप ज्ञवालीले औंल्याएका मुलुकमा ५ चुनौति « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्रदीप ज्ञवालीले औंल्याएका मुलुकमा ५ चुनौति

चिन्तन खबर

फिदिम । पूर्वपरराष्ट्र मन्त्री एवं नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली बौद्धिक राजनीतिकका रुपमा परिचिति हुनुहुन्छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्तित ज्ञवालीले आज फिदिममा आयोजित कार्यक्रममा आफ्नो मन्तब्यमा औंल्याएका मुलुकका ५ गम्भीर चुनौतिहरु यस् प्रकार छन् ।

१. अन्तर्राष्ट्रिय शक्ति सन्तुलन फेरिँदै गएको छ र एसिया शक्तिमा उदाउँदै गएको छ । दक्षिण एसियाको भूराजनीतिको सोझो प्रभाव नेपालमा पर्न थालेको छ । मित्रराष्ट्रबाट हप्तैपिच्छे नेपाल भ्रमण हुने गरेको छ । एउटा कोणबाट त्यो राम्रो भएपनि आफ्नो स्वार्थ पूर्तिका लागि यी सबै काम भइरहेका छन् । सबै विदेशी शक्तिहरु नेपालको अस्थिर राजनीतिमा आफ्नो स्वार्थ पूरा गर्न लागेका देखिन्छन् । शक्तिराष्ट्रहरुको द्वन्द्वमा हामी सहभागी नभई अघि बढ्न ठूलो चुनौति देखा परेको छ । नजानिदो ढङ्गले मुलुकलाई त्यतातर्फ लैजान खोजिँदैछ ।

२. ब्यापार घाटा चुलिँदै गएको छ । ९५ रुपैयाँको किनेर ५ रुपैयाँको बेच्ने अवस्थामा हामी पुगेका छौं । नेपालको उत्पादकत्व घट्दै छ । ब्यवसायीहरु बैङ्क गएर ऋण लिन सक्ने अवस्थामा छैनन् । तरलताको अभाव छ । ब्याजदर बढ्दै बढ्दै जाँदा ब्यवसायीहरु आत्तिएको अवस्था छ । अर्थतन्त्र चलायमान हुन सकेको छैन् । हाम्रो परनिर्भरता झनझन बढ्दै गइरहेको छ ।

यो स्थितिभित्र कुनै पनि देशको राष्ट्रिय हितको रक्षाको एउटा महत्त्वपूर्ण पाटो बोर्डरको रक्षा गरेर मात्रै हुँदैन्, उसले नागरिकको जीवनको रक्षा गर्नुपर्छ । नागरिकको रक्षा गर्नका लागि अर्थतन्त्रको रक्षा गर्नु र विकास गर्नु पनि हो । तपाईं जतिजति आर्थिक रुपले पछि पर्दै जानुहुन्छ, त्यतित्यति तपाईं कमजोर हुँदै जानुहुन्छ । अर्थतन्त्र यी सूचकहरुलाई सहि दिशामा डोहोर्‍याएर मुलुकलाई समृद्धिको यात्रामा लैजान एउटा ठूलो चुनौती हाम्रा सामु खडा भएको छ ।

३. यी सबै कुराले गर्दा यो कुरा विभिन्न ढङ्गले निराशामा प्रकट भएको छ । मान्छेले आत्मदाह गरेको, आत्महत्याको श्रृङ्खला बढ्दै गरेको, पुँजी पलायन हुँदै गरेको, ब्यवसायीहरु ताला लगाएर भाग्नु पर्ने अवस्था आएको, प्लसटु पढ्नेवित्तिकै नानीहरु घरजग्गा बेचेर भएपनि पढ्न विदेश जान लालायीत भएको, एक वर्षमा १ लाख २२ हजारले नो अब्जेक्सन लेटर लिएको, ६० अर्ब रुपैयाँ यी नानीहरुको पढाईका लागि नेपालीको पैसा बाहिरिएको र यहाँका शैक्षिक संस्थाप्रति हाम्रा नानीहरुको, समाजको विश्वास टुट्दै गरेको एउटा बढो अप्ठ्यारो अवस्था देखिएको छ । आम मानिसमा निराशा बढ्दो छ ।

४. यी अवस्थाभित्र एकातिर पूर्वराजाका केही अनुयायीहरु राजतन्त्र फर्किन्छ कि भनेर गतिविधिहरु गरिरहेका छन् । राजतन्त्र फर्किदैन् तर यो स्थिति सिर्जना हुने वातावरण निर्माण हुनु, समाजमा अराजकता सिर्जना हुनुले हामीले लोकतन्त्रको रक्षा गर्नु अपरिहा¥य छ । नेपालको भविश्य उज्ज्वल छ, नेपालको भविश्य सुरक्षित छ भन्ने देखाउनका लागि अपरिहार्‍य विषय भनेको भूराजनीतिक स्थिरता हो । तर दुर्भाग्य अहिले पछिल्लो समय मुलुकलाई झनझन अस्थिरतातर्फ धकेल्ने प्रयासहरु भइरहेका छन् ।

५. हामी जनताको जनादेशलाई स्वीकार गर्छौँ, हामी चुनौति दिदैनौं । तर बस्तुनिष्ट हिसाबले हेर्ने हो भने यस चोटीको निर्वाचनको मुलुकलाई राजनीतिक स्थिरतालाई बलियो बनाउन सहयोग गर्न सकेन । १२ वटा राजनीतिक दल छन्, प्रतिनिधिसभामा । सबैभन्दा ठूलो दलसँग पनि एकतिहाई मत छैन् । यो स्थितिभित्र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने र सो स्थिरताको जगमा राष्ट्रिय हितको रक्षा, अर्थतन्त्रको सुदृढिकरण, लोकतन्त्र र जनतामाथि विश्वास जगाउने कुरा आज हाम्रा निम्ति चुनौतिका विषय बनेका छन् ।

यो स्थितिभित्र हाम्रो पार्टीले चुनावपछिको परिस्थितिलाई ध्यानमा राखेर मुलुकमा एउटा राजनीतिक स्थिरता कायम हुन सकोस् र मुलुकको समग्र ध्यान सत्ताको लुछाचुँडीतिर होइन्, कसले कुन पद पाउने भन्ने विषय होइन्, राष्ट्रको समग्र ध्यान मैले माथि उल्लेख गरेका विषयहरुतर्फ केन्द्रीत हुन् सकोस् भन्नका निम्ति सकारात्मक पहल गरेका हौँ । त्यही पहलमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएका हौँ ।

यो सरकार बनेपछि ब्यवसायीहरुमा उत्साह आयो । प्रदेश सरकारतर्फ बढेको आलोचनालाई घटाउने र १६ मन्त्रालय घटाउने काम ग¥यो । नीतिगत रुपमा हामी यसो गर्छौं भनेर विश्वास जगाउने काम गर्‍यो । अलिकति राम्रो बन्न थालेको थियो ।

तर पछिल्लो समय त्यो सहमतिलाई भत्काउने, फेरी नेपाललाई अस्थिरतातिर धकेल्ने प्रयासहरु सुरु हुन थालेका छन् । दुर्भाग्य, यो कार्यमा देशभित्रका केही राजनीतिक शक्तिहरु टुल्सका रुपमा प्रयोग हुन थालेका छन् भने बाह्य शक्तिहरुको चलखेल असाध्यै बढेको छ । म मित्रराष्ट्रहरुसँग आग्रह गर्न चाहन्छु, छिमेकीको घरमा आगो लगाएर कसैको पनि घर सुरक्षित हुन सक्दैन् । एउटा बलियो संघीय लोकतान्त्रिक गणतन्त्रले मात्रै छिमेकी र विश्वलाई सहयोग गर्छ । त्यसैले नेपालको स्थिरतामा सहयोग गर्नुहोस् ।

(ज्ञवालीले ब्यक्त गर्नुभएका धारणाको सारसंक्षेप)