पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लामिछानेको मुद्दाको सुनवाइ आज पनि हुने

चिन्तन खबर

काठमाडौं । बलात्कारको अभियोग लागेको नेपाली क्रिकेट टिममा पूर्व कप्ता सन्दिप लामिछानेको मुद्दा का विषयमा आज पनि सुनुवाई हुने भएको छ । हिजो भएको सुनुवाईमा हेर्दाहेर्दैमा राखिएको थियो ।

हिजो न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा सुनुवाई भएको थियो ।

नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो भने त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका दिनुभएको थियो ।

सरकार र लामिछानेको दुवै मुद्दामा गत शुक्रवार देखी भएको सुनवाइ नसकिए पछि आजका लागि पेशी तोकिएको हो ।