काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिवेला सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली भइरहेको छ ।
राजधानीका केही भू–भागमा छिटपुट वर्षा भएको छ । आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भूभाग चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया