पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरीमा डुबेर १ जनाको मृत्यु

चिन्तन खबर

झापा । झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ४० बर्षीय रामकुमार लिम्बू रहेका छन् । हिजो दिउँसो साढे १ बजे पोखरीमा माछा मर्ने क्रममा डुबेर बेपत्ता भएका लिम्बू खोजतालासका क्रममा मृत फेला परेका थिए ।

लिम्बूको शव कानूनी प्रकृया पुरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात शव आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।