Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्रतिबन्धित औषधि सहित २ जना पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्रतिबन्धित औषधि सहित २ जना पक्राउ

चिन्तन खबर

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआईटी समूहबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधि सहित दुई जनालाई पक्राउ गरेको छ ।

हिजो राती ११ बजे सुनसरीको धरान उपमहानगरपालिका–१६ नौलोबस्तीमा कालु शाहका छोरा २७ बर्षीय प्रभु शाह र २४ बर्षीय नारायण शाहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा घरको पछाडी लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधि tramol50 १२ हजार २०० क्याप्सुल र spaspin ५३० ट्याबलेट फेला पारी पक्राउ गरेको हो । प्रतिबन्धित औषधि सहित पक्राउ परेका उनीहरुमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।