झापा । झापाको मेचीनगर नगरपालिका–४ राईसिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय पुष्टबहादुर कडरिया रहेका छन् ।
हिजो बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कडरियाको उपचारका क्रममा कोशी प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएको हो । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया