काठमाडौं । भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) इन्धनको मूल्य घटाएर पठाएको जनाएको छ ।
पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको निमले जनाएको हो ।
नेपाली बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ छ । त्यस्तै डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।
घटेर आएको मूल्यका आधारमा निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले मूल्यबार निर्णय गर्ने छ ।
प्रतिक्रिया