काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू(भागका केही स्थानहरूमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशका पहाडी तथा तराईका केही भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। यो क्रम आगामी केही दिन जारी रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया