काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई मुठभेड निम्त्याउनतर्फ अग्रसर नहुन चेतावनी दिएका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले सरकार मुठभेडतर्फ जान खोजेको हो ? भन्दै प्रश्न समेत गरेका छन् ।
हिजो १३ दिन हिँडेर काठमाडौं आएपछि मिटर ब्याज पीडितहरूको आन्दोलनमा एकबद्धता जनाउन जाँदा आफ्नो पार्टीको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीमाथि भएको दुर्व्यवहार प्रयासप्रति आपत्ति जनाउदै उनले सरकारलाई चेतावनी दिएका हुन् ।
उनले सरकारलाई प्रश्न गरे, ‘के सरकार मुठभेडतर्फ जान खोजेको हो ? यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ? म त्यो प्रकारको दुष्प्रयासको भर्त्सना गर्न चाहन्छु। सरकार मुठभेड निम्त्याउनतर्फ अग्रसर नहोस्।’
प्रतिक्रिया