काठमाडौं । १७ करोड मूल्य बराबरको करिव ८ किलोग्राम कोकिनसहित २ जना भारतीय महिदा काठमाडौंमा पक्राउ परेका छन् ।
काठमाडौंबाट नयाँदिल्ली जान लागेकी ४५ वर्षकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको छ । त्यस्तो सोहि दिन भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट पक्राउ गरेको हो । उनीहरुबाट करिव ८ किलोग्राम कोकीन बरामत गरिएको प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
दुबै जनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड, ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया