पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री खुला

चिन्तन खबर

काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

यसमध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात ८० हजार कित्ता र कर्मचारीहरूका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुटाइएको छ भने बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा चैत २२ गतेसम्म आवेदन दिनुपर्ने हुन्छ ।

ऋन्
कम्पनीका अनुसार उक्त अवधिसम्म सबै सेयर बिक्री नभए २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छ ।