Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालतको निर्देशन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालतको निर्देशन

चिन्तन खबर

काठमाडौं । चैत २४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

छायांकनको समयदेखि विवादमा तानिएको यो चलचित्र निर्माता सुवास थापाले आर्थिक पाटो मिलाउन नसक्दा प्रदर्शनमा रोक लागेको हो ।

चलचित्रका पूर्व निर्माता केशव पाण्डेले आफ्नो पैसा निर्माता थापाले नदिएका कारण फिल्मको प्रदर्शन रोक्न माग राख्दै अदालतमा रिट हालेका थिए । अदालतले यही २६ गते थप सुनुवाईका लागि दुवै पक्षलाई बोलाएको छ ।

अदालत जानुअघि पाण्डेले चलचित्र विकास बोर्डमा पनि उजुरी गर्न खोजेका थिए । तर बोर्डले उजुरी दर्ता नगरेपछि पाण्डे चलचित्रको प्रदर्शन रोक्नुपर्ने माग राखेर उच्च अदालत पुगेका थिए । चलचित्र निर्माण सुरु हुनुअघि नै पाण्डेलाई ‘प्रसाद २’ को निर्माताका रुपमा चिनाइएको थियो । तर, अहिले चलचित्रमा उनको नाम छैन ।

चलचित्र निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ । थापालाई प्रहरीले खोजिरहेको छ । थापा फरार छन् ।

‘प्रसाद २’ को निर्माता बनाउँछु भनेर थापाले ६२ लाख ५० हजार पैसा लिएको तर, पछि अर्कै निर्माता लिएर चलचित्र बनाए पनि आफ्नो पैसा फिर्ता नगरेको पाण्डेको आरोप छ ।

निर्देशक सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी मुख्य भूमिकामा रहेका छन् ।