मोरङ । एसईई दिइरहेका ११६ जना नक्कली विद्यार्थीलाई मोरङको विभिन्न विद्यालयबाट पक्राउ गरिएको छ । अरु विद्यर्थाीको नाममा परिक्षा दिइरहेको उनीहरुलाई अनुगमन टोलीले पक्राउ गरेको हो ।
आज सामाजिक विषयको परिक्षा चलिरहेको थियो । अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
उनका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
प्रतिक्रिया