काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले मंगलबार दिउँसो पत्रकार सम्मेलन नै गरेर केन्द्रीय बैंकको धारणा सार्वजनिक गर्ने भएका छन् । पछिल्लो समय देशमा देखिदै आएको आर्थिक स.कटकाबीच बैंक ब्याजदरका विरुद्ध उद्योग व्यवसायीसँगै आम सर्वसाधारण समेत सडक संघर्षमा उत्रिरहेका बेला केन्द्रीय बैंकले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।
समस्याग्रस्त आर्थिक स्थितिका बाबजुद केन्द्रीय बैंकले ब्याजदर घटाउने नीति लिन सक्ने अपेक्षा सबैको छ । यद्यपि, केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले आयोजना गर्ने पत्रकार सम्मेलनमा मुलुकको वास्तविक आर्थिक स्थितिको चित्रण हुने केन्द्रीय बैंक स्रोतले बताएको छ ।
यसैबीच गभर्नरको आजको विशेष भनिएको पत्रकार सम्मेलनमा ८ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक हुनेछ । ‘मुलुकको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा’ विषयक पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको माइक्रो इकोनोमी, वित्तीय रिपोर्ट सार्वजनिक गर्ने र फोरममा उठेका प्रश्नमा गभर्नर अधिकारीले जवाफ दिने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
प्रतिक्रिया