विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश नामकरण हुनु जातीय द्दवबाट रोकिएको बताएका छन् ।
इटहरीमा पत्रकारसँग भएको अन्तरक्रिया कार्यक्रममा नेपालले कोशी प्रदेश नामकरण हुनु उपयुक्त भएको बताए ।
‘हामीले प्रदेशको नामको विषयमा सचिवालयमा छलफल गर्यौँ, साझा पहिचान हुनुपर्छ भन्ने माग उठ्यो’, नेपालले भने ‘अन्य प्रदेशको नामकरण भूगोलकै आधारमा भएको छ । यसले राम्रो भएको छ ।’
उनले कोशीको नाम बहुमत सदस्यले पास गर्नु जातीय द्वन्द्वमा जान रोकिएको बताए । उनले यसले राम्रो सन्देश गएको बताए ।
कोशी प्रदेश सचिवालयले पोजेटिभ तरिकाले हेरेकाले आफूहरू नामकरणमा असन्तुष्ट नरहेको नेपालले बताएका हुन् ।
प्रतिक्रिया