फिदिम । नेकपा (एमाले) सम्वद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको दोश्रो महाधिवेशनमा पाँचथरका पाँच नेता विभिन्न पदमा निर्वाचित भएका छन् ।
गत साता काठमाडौंमा सम्पन्न महाधिवेशनले पासाङ शेर्पा अध्यक्ष तथा पेम्बा गुरुङ भोटे महासचिव रहेको २२१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । जसमा १७ जना पदाधिकारी छन् ।
जसमा पाँचथरबाट सचिवमा श्यामविक्रम तुम्रोक निर्वाचित हुनुभएको छ । यस्तै केन्द्रीय कमिटीका सदस्यहरुमा श्यामबहादुर जबेगू, सुजाता बान्तवा राई, सन्तोष सेलिङ र रामकुमार राई निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया