दाङ । सर्पले डसेर दाङमा एक युवकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं–१६ का २६ वर्षीय रोसन डाँगीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको थियो ।
सर्पले डसेका डाँगीलाई परिवारले सुरुमा झारफुक गर्न विभिन्न ठाउँमा लगेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । झारफुकमा लगेपछि बिहान ३ बजेतिर बेहोस भएका उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगेकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
उनलाई ग्रास प्रजातिको सर्पले दाहिने खुट्टामा डसेको थियो ।
प्रतिक्रिया