पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लागुऔषध दुर्व्यसनीविरुद्धको नाटक ‘भुमरी’ बसन्तपुरमा प्रदर्शन

चिन्तन खबर

टिकाराम आचार्य

काठमाडौं । आज काठमाडौंको बसन्तपुरमा लागू पदार्थ दुर्व्यसनी तथा मादक पदार्थ सेवनबाट कुलतमा फसेकाहरुले कसरी  छुटकारा गराउने/पाउने भन्ने विषयमा सडक नाटक ‘भुमरी’ मंगलबार प्रदर्शन गरिएको छ ।

रङ्गकर्मी तथा कलाकार घनश्याम गौतमको लेखन तथा निर्देशन रहेको नाटक भुमरीमा नमस्ते दिवाकर घिमिरे, सरिता राजोपाध्याय, युगज्योति क्रियाशिल, आई पि आचार्य, टिकाराम आचार्य, सुरज खड्का, द्रोण प्रसाद आचार्य (केपी) अर्जुन कट्वाललगायत कलाकारहरुले जिवत्न अभिनय गरेका थिए ।

उद्दार नेपालको आयोजनामा तथा कारितास नेपालको सहकार्यमा तयार पारिएको नाटक भुमरीले बिद्यालयका बिद्यार्थीहरु कुलतमा कसरी फस्छन र कुलतमा फसेपछि कसरी त्यसबाट मुक्ति पाउछन र नयाँ जिवनको सुरुवात गर्छन भन्ने विषयलाई नाटबाट चित्रण गरिएको थियो ।

मार्मिक ढङ्गबाट प्रस्तुत भएको उक्त नाटक नमस्ते दिवाकर घिमिरे मुख्य निर्देशन, टिकाराम आचार्यको संगित संयोजन, आईपी आचार्यको सामग्री व्यावस्थापन, भेषभुसा तथा शृङ्गारमा युगज्योति क्रियाशिल र सरिता राजोपाध्यायले गरेका थिए ।

नाटक निकै मार्मिक भएको दर्शकहरुले प्रतिकृया दिएका थिए । यस्ता खालका नाटक काठमाडौंमा मात्रसिमित नभएर देशैभर प्रदर्शन गर्न दर्शकहरुले सुझाव दिएको निर्देशक घिमिरेले बताएका छन् ।

नाटक पश्चात आयोजक टीमले कलाकारहरुलाई प्रसंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

उद्धार नेपालका राजु पुतुवार र कारितास नेपालका रमेश थापा मगरले कलाकारहरुको प्रसंसा समेत गरेका थिए ।