काठमाडौं । नेपालीलाई भुटानी शरणर्थी बनाएर अमेरिका लैजाने प्रकरणमा सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उक्त प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
उपराष्ट्रपति कार्यालयमा कार्यरत पाण्डेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बधुबार पक्राउ गरेको हो ।
मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए ।
भक्तपुर आसपासको जंगलमा आफू रहेको प्रहरीले सुइँको पाएको थाहा भएपछि उनी त्यहाँबाट हिँडेका थिए । त्यही क्रममा उनी जडिबुटीबाट पक्राउ परेका हुन् । उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए ।
प्रतिक्रिया