पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सोमबारका लागि संवैधानिक परिषद्को बैठक आह्वान

चिन्तन खबर

काठमाडौं । सोमबारका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ । यसअघिकै बैठकको निरन्तरताको लागि भनेर बैठक बोलाइएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेसँगै बैठक आह्वान गरिएको हो ।

सर्वोच्चका प्रधानन्यायाधीश नियुक्त हुन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला बस्न लागेको बैठकले प्रधानन्ययाधीश नियुक्त हुन सक्ने बताइएको छ ।

चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लागेसँगै कायममुकायम प्रधानन्यायाधीशका रुपमा हरिकृष्ण कार्की रहेका छन् ।