काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली शरणार्थी प्रकरण ठगीमात्रै नभएर जघन्य अपराध भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राज्यविरुद्धको अपराध, सरकारी कागज कीर्तेसम्बन्धी जघन्य अपराध भएको बताए ।
उनले यो सम्बन्धमा सरकारले गरिरहरेको अनुसन्धानको विषयबारेमा संसदमा जवाफ समेत मागेका छन् ।
उनले पूर्व गृहमन्त्री देखी पूर्व उपप्रधानमन्त्री जस्ता मान्छे जघन्य अपराध गर्दै दुनियाको अगाडि देशको शिर झुकाउने काम गर्नु लज्जास्पद भएको बताए ।
प्रतिक्रिया