पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरियामा सिरिजंगा लिपीको निः शुल्क प्रशिक्षण हुने

चिन्तन खबर

दक्षिण कोरिया । किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सिरिजंगा लिपी (याक्थुङ पान हु–सिङ्) निः शुल्क प्रशिक्षण दिने भएको छ । आगामि मे २१ देखि अगष्ट २० सम्म निःशुल्क प्रशिक्षण दिने भएको हो ।

कोरियाको स्थानिय समय अनुसार साँझ ८ बजेदेखि १० बजेसम्म जुम अनलाइन मार्फत प्रशिक्षण दिन लागिएको आयोजक संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक अर्जुन तुम्बापोले बताउनुभयो ।

प्रोफेसर कर्ण हाङ्ग ताम्लिङ मार्फत प्रशिक्षण हुने तुम्बापोले बताउनुभयो । उक्त प्रशिक्षणमा इच्छुकले भाग लिन संक्ने आयोजकले जनाएको छ । जुम अनलाईनमार्फत हुने उक्त प्रशिक्षण कार्यक्रममा जुन देशमा रहेर पनि सहभागि हुन सकिने तुम्बापोले बताउनुभयो ।