काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी आइतबार बुढानीलकण्ठस्थित निवासवाट पक्राउ परेका थिए ।
उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो । शनिबार साँझ पक्राउ पछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं, लैजान लागिएको हो ।
प्रतिक्रिया