काठमाडौं । नेकपा (एमाले)को अवरोध पछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफी नमागेसम्म संसद् चल्न नदिने बताएको छ ।
प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ सो पार्टीका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले गैर संवैधानिक काम गरेको र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा कालापानी र लिम्पियाधुरालगायतका क्षेत्रको बारेमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेको छ ।
प्रधानमन्त्रीले माफी नमागेसम्म र राष्ट्रपतिको कदम नसच्चिएसम्म सदन चल्न नदिने एमालेले बताएको छ ।
प्रतिक्रिया