Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरका पत्रकारलाई अनलाइन पत्रकारिता तालिम « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरका पत्रकारलाई अनलाइन पत्रकारिता तालिम

चिन्तन खबर

फिदिम । पाँचथरमा क्रियाशील १६ जना पत्रकारहरुले अनलाइन पत्रकारिता तालिम लिएका छन् ।

नेपाल पत्रकार महासंघ शाखा पाँचथरले आयोजना गरेको तीन दिने तालिममा सदरमुकाम फिदिम र सदरमुकाम बाहिर रहेर पत्रकारिता गरिरहेका पत्रकारले सो तालिम लिएका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ शाखा पाँचथरको आयोजना तथा नेपाल इन्भेस्टिगेटिम मल्टिमिडिया जर्नालिस्ट नेटवर्कको प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको तालिम आज सम्पन्न भएको हो ।

फोटो तथा भिडियोका माध्यमबाट पत्रकारितालाई थप जनउत्तरदायी, विश्वसनीय र प्रभावकारी बनाउन पत्रकारहरुलाई युगानुकूल शीप सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले वताउनुभयो । जिल्लामा क्रियाशिल सबै पत्रकारहरुलाई तालिम सहभागी हुन अपील गरिएपनि १६ जना मात्रै सहभागी भएको उहाँको भनाई छ । तालिमको सहजिकरण नेपाल इन्भेस्टिगेटिम मल्टिमिडिया जर्नालिस्ट नेटवर्क सम्पादक रजनिश भण्डारीले गर्नुभएको थियो ।

तालिमको समापन कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष लवदेव ढुंगानालगायतले शुभकामना मन्तब्य राख्दै पत्रकारहरु टिकाउ र बिकाउ हुने स्थिति निर्माणका लागि तालिम फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ शाखा पाँचथरले अघिल्लो र चालु आर्थिक वर्षलाई तालिम वर्षका रुपमा अघि बढाई पत्रकारको क्षमता विकासमा जोड दिएको अध्यक्ष बाँस्कोटाले जानकारी दिनुभयो । शाखाले यसअघि फोटो पत्रकारिता र फिचर लेखन तालिम सञ्चालन गरिसकेको उहाँले वताउनुभयो ।