पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए दक्षिण कोरिया जेजुदो प्रान्तको अध्यक्षमा गोकुल निर्वाचित

चिन्तन खबर

दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरिया जेजुदो प्रान्तको ऐतिहासिक तेस्रो अधिवेशनबाट गोकुल शर्मा निर्वाचित हुनुभएको छ । १८ तारिकमा केसीटियु को सभाहल जेजु–सी मा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष(रेजिना शेर्पा उपाध्यक्षमा कोपिल राई र सरिता राई, सचीवमा खगेन्द्र मोक्तान, सह–सचिवमा युवराज निरौला (राजन), कोषाध्यक्षमा सुरेन्द्र चन्द ठकुरी र सदस्यहरुमा पुरन घर्ती मगर, प्रतिज्ञा लामा, (बिरु खापुङ लिम्बू, रेनुका खड्का, डिजुङ शेर्पा, सानुमाया तामाङ निर्वाचित भएका छन् ।

कार्यवहाक अध्यक्ष सुनिता ब्लोनको अध्यक्षमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संचालन घनश्याम अधिकारीले गरेका थिए भन्ने स्वागत मन्तव्य संस्थाका न्यौपानेले राख्नुभएको थियो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरिया अध्यक्ष प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रममा दिपक पुन, बिशिष्ट अतिथी डा. विमल सुवेदी, अतिथीहरू एनआरएनए युवा संयोजक अमित थपलिया, आदीबासी जनजाती महासंघ जेजुदो शाखा अध्यक्ष गजिन हाङस्रोङ, किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा अध्यक्ष नविन थोक्लेन लिम्बू, तामाङ घेदुङ संघ जेजुदो शाखा प्रतिनिधि सानुमाया तामाङ, एनआरएनए जेजुदो प्रान्त संस्थापक अध्यक्ष कोमल प्र। प्याकुरेल, जेजुदो प्रान्त निर्वतमान अध्यक्ष सुमन हाङस्रोङ, एनआरएनए जेजुदो प्रान्त संस्थापक उपाध्यक्ष तथा निर्वाचन मण्डल प्रमुख अर्जुन तुम्बापो, आमन्त्रित अथितीहरु समाजसेवी, एनआरएनए नवौ महाधिवेशन अध्यक्ष उम्मेदारद्धय विपिन गुरुङ र बुद्धि गुरुङ, समाजसेवी हरि प्रसाद भट्टराईलगायत अधिवेशन शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सांस्कृतिक नृत्य रिचा ब्लोन, रोशन श्रेष्ठ र पासाङ तामाङले गरेका गर्नुभएको थियो । अधिवेशनमा सामाजिक वार्षिक प्रतिवेदन संगै खुल्ला सत्र कार्यक्रम समाप्त भएको थियो ।