फिदिम । पाँचथरमा विगतमा जेठको पहिलो साताबाट नै सुरु हुने धान रोपाइँ यसपटक भने ढिला गरि सुरु हुँदा असारको दोस्रो साता सम्ममा २५ प्रतिशत मात्र सम्पन्न भएको छ ।
खडेरीका कारण यो बर्ष जेठ अन्तिमदेखि मात्र रोपाइँ थालिएको थियो । जिल्लाका अधिकांश ठाउँहरुमा खेति गर्नको लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ रहेको छ । पानी पर्न थालेपछि जिल्लाको फिदिम नगरपालिका, फालेलुङ, हिलिहाङ, याङवरक, फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा धमाधम रोपाइँ भइरहेको छ ।
समयमा वर्षा नहुँदा रोपाइँ ढिला भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सालिकराम भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यो समयमा ३५ प्रतिसतभन्दा धेरै रोपाई भईसक्नुपर्ने हो तर, अहिलेसम्म २५ प्रतिशत मात्र रोपाई भएको छ ।‘
पाँचथरमा चैते र बर्षे गरि दुई चरणमा धान खेति गरिन्छ । चैते धान सिमसार क्षेत्रमा मात्र गरिन्छ भने बर्षे धान सबै खेतमा रोप्ने गरिएकोएको उहाँको भनाई छ ।
पाँचथरमा ११ हजार ६ सय २७ हेक्टर क्षेत्रफलमा धान खेति गरिन्छ ।
प्रतिक्रिया