पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसइईको नतिजा सार्वजनीक, यसरी हेर्नुहोस् नतिजा

चिन्तन खबर

 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनीक गरेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिनुभयो । यसपटक २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।

बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

नतिजा यसरी हेर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको नतिजा हेर्न सहज वातावरण तयार गरेको बोर्ड प्रशासनले जनाएको छ ।
परीक्षाको नतिजा थाहा पाउन १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने छ । अनलाईनबाट पनि नतिजा हेर्न सकिन्छ ।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सकिने छ ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको  www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने छ ।