पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मौसमः कोशी प्रदेशका पहाडी भू-भागमा वर्षा

चिन्तन खबर

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू–भागहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।

सुदूरपश्चिम तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।