Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
ट्याक्सी दुर्घटनामा १ जनाको मृत्यु, १३ घाइते « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

ट्याक्सी दुर्घटनामा १ जनाको मृत्यु, १३ घाइते

चिन्तन खबर

फिदिम । पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज दिउँसा १२ः२५ बजे ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सी अनियन्त्रित भई सडकबाट करीब २०० मिटर तल झरेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा चिकित्सकले एक पुरुषलाई मृत घोषित गरेका हुन् । मृतकको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिनुभयो । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।

दुर्घटनामा सवारी चालक इलामको दानाबारीका २६ वर्षीय अर्जुन विक, ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ का २३ वर्षीय बुद्धहाङ लिम्बू, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका २६ वर्षीइा इसेटिमा शेर्पा, पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरका २५ वर्षीय रोषन श्रेष्ठ, सोही स्थानका २३ वर्षीय भुपेन्द्र श्रेष्ठ, ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ फावाखोलाका ३० वर्षीय सरोज मादेन, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ का २४ वर्षीय अजय लिम्बू, इलामको देउमाई नगरपालिका सिद्धिथुम्काकी १४ वर्षीया निरुता रम्तेल, कालिकोटका २२ वर्षीय सुमन खड्का, काठमाडौंको बल्खुकी २० वर्षीया मिना लिम्बू, पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका ३५ वर्षीय राम नेम्बाङ, पाँचथरको फिदिम नगरपालिका–१० याङनामकी ४० वर्षीया सविना बिक र सोही स्थानकी ५ वर्षीया पुस्तिका बिक घाइते भएका हुन् । घाइतेमध्ये मिना लिम्बू र सविना विकलाई थप उपचारका लागि झापा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।