चितवन । ओम मेगाश्री फर्मास्युटिकल्स चितवन र लुम्बिनी विश्व शान्ति मञ्च काठमाडौंको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको छ ।
पर्यावरण जोगाउन र फलफूल उत्पादन बृद्धि गर्ने उद्धेश्य सहित आज उक्त कार्यक्रम गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडी स्थित ओम मेगाश्रीको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो ।
उद्योग परिषरमा आंँप,कटहर, अम्बा,कागती, कपुर ,अंगुर,सिसौ, लिची ,धुपी, साल, लगायत दर्जन प्रजातीका फलफूल र वनस्पतिका विरुवा लगाइएको मञ्चका उपाध्यक्ष अर्जुन कुँवरले जानकारी दिनुभयो ।
यस्ता कार्यले पर्यावरण जोगिनुका साथै वातावरण स्वच्छ र सफा हुने उहांँको भनाई छ । मञ्चका अध्यक्ष बासु गौतमले संस्थाले देशैभर १० हजार वृक्षारोपण अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । ‘हामीले यहांँ मात्र होइन देशभर यो अभियान सञ्चालन गर्ने लक्ष्य लिएका छौं ।’ गौतमले भन्नुभयो ।
ओम मेगाश्री फर्मास्यूटिकल्सका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले वृक्षारोपण कार्यक्रम बाट स्वास्थ्यको लागि आवश्यक पर्ने अक्सिजन , फलफूल उत्पादन संगै स्वच्छ र हरियाली वातावरण निर्माण हुने र समाजमा यसले सकरात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं। २९ का अध्यक्ष सुर्य बहादुर गुरुङ, शसस्त्र प्रहरी बल १७ नं। गण आपटारीका डीएसपी निरञ्जन भण्डारी,राष्ट्रिय बाणिज्य बैंक केन्द्रीय कार्यालयकी कृति प्रधान र ओम मेगाश्रीका कार्यकारी निर्देशक नेत्रनाथ पौडेल लगायतको सहभागिता रहेको थियो । ओम मेगाश्री फर्मास्यूटिकल्स लि ले आफ्नो अन्तराष्ट्रिय स्तरको उत्पादन नेपाली औषधी बजारमा छिट्टै ल्याउने तयारीमा रहेको समेत सो अवसरमा जानकारी गराईएको थियो ।
प्रतिक्रिया