Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
उज्यालो राप्रपाको चिन्ता « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

उज्यालो राप्रपाको चिन्ता


२०४६ को परिवर्तनपछि मुलुक र माटोलाई माया गर्ने राष्ट्रवादीहरुको अगुवाइमा राष्ट्रियताप्रति इमानदार, प्रजातन्त्रप्रति प्रतिबद्ध, उदार आर्थिक चिन्तन बोकेको एक राजनैतिक दलको आवश्यकता महसुस गरी पंचायति ब्यवस्थालाई सफल नेतृत्व दिएका दुई पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा राप्रपा (थापा) र राप्रपा (चन्द) नामको दुई छुट्टाछुट्टै दल स्थापना भयो । एउटै राजनीतिक दल स्थापना गर्ने सहमति भएपनि विविध कारणले दुई दल स्थापना हुन पुग्यो ।

२०४८ को आम चुनावमा राप्रपा (चन्द) बाट तीन जना – डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा र रामकृष्ण आचार्य निर्वाचित भए भने राप्रपा (थापा) बाट अकबरबहादुर सिंह निर्वाचित भएका थिए । २०४८ को निर्वाचनपछि मध्यमार्गी राजनैतिक दलको रुपमा स्थापित राप्रपा दुईवटा हुनु हुँदैन भनेर एकीकरण गरियो र यसले २०५१ को मध्यावधि चुनावमा १९ सीट जित्न सफल भयो ।

नियतिको खेल भनुँ वा के भनुँ नेपालको राजनीतिमा सबैभन्दा बढी फुट्ने र जोडिने दल राप्रपा बन्यो । त्यसयता राप्रपा निरन्तर सत्ता र शक्तिमा पनि छ । सत्ता राप्रपाको लागि प्राण प्यारो छ यो अर्को नियति हो ।

त्यसयता आजको दिनसम्म आइपुग्दा राप्रपालाई नजिकबाट नियाँल्नेहरुलाई यस बारेमा शायद बताउन नपर्ला । अझ पनि राप्रपा नबुझेका, नजानेका कोही भए बुझौं, जानौं । २०४८ जेठ १५ गतेदेखि यताका घटनाक्रम र विकासक्रम बारे पढौं ।

 

२०४६ को परिवर्तनकारीहरुबाट विभिन्न स्थानमा विभिन्न समयमा भएका कुटपीट, तोडफोडबाट बालबाल बचेका नेताहरुले यो पार्टीको स्पस्ट गन्तब्य समेत तय गरेका थिए ।

 

हाम्रा मुर्धन्य नेताहरुले यो पार्टी कुनै सनक र लहडमा खोलेका थिएनन् । राप्रपा स्थापनाको आफ्नै लक्ष्य र आवश्यकता थियो । २०४६ को परिवर्तनकारीहरुबाट विभिन्न स्थानमा विभिन्न समयमा भएका कुटपीट, तोडफोडबाट बालबाल बचेका नेताहरुले यो पार्टीको स्पस्ट गन्तब्य समेत तय गरेका थिए ।

आफ्नो प्राण हत्केलामा राखेर तत्कालीन नेताहरुले स्थापना गरेको यो पार्टीको दुई संस्थापक अध्यक्ष मध्येका एक सूर्यबहादुर थापाको देहावसान भइसकेको छ । उहाँलाई पार्टीले सम्झनु पर्ने हो तर खै किन हो सम्झदैन । किन ? जानकारी थाहा छैन ।

अर्का संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दज्यूसँग भेट्ने अवसर जुटेको थियो । राप्रपालाई नेपाली राजनीतिको केन्द्रबिन्दुमा कसरी स्थापित गराउन सकिन्छ भन्ने उहाँमा गम्भीर चिन्ता रहेछ । स्वास्थ्यले पुर्ण रुपमा साथ नदिए पनि राप्रपालाई उज्यालो राप्रपा बनाउन उहाँ पुर्ण रुपमा सक्रिय रहेको पाएँ । टेलिफोन संवाद, भेटघाटमा उहाँ पहिलाको जस्तै सक्रिय पाएँ । लोकेन्द्रबहादुर चन्द चार पटक प्रधानमन्त्री भइसक्नु भएको व्यक्तितव हुनुहुन्छ । नेपाली राजनीतिमा उहाँ सालिन तथा भद्र नेताको रुपमा चिनिनु हुन्छ, उहाँ निष्कलंक हुनुहुन्छ । नेपाली सहित्यमा समेत उहाँले ठूलो गुन लगाउनु भएको छ । उहाँको बिर्सजन कथा संग्रह नामक ग्रन्थले मदन पुरस्कार समेत जितेको थियो ।

राप्रपामा लागेर राजनीति गर्छु भन्नेहरुले बुझ्नुपर्छ, जान्नुपर्छ, चिन्नुपर्छ – यसको इतिहास । हुन त आज राप्रपाको स्कुलमा यसको पढाइ हँुदैन । यहाँ त नेतृत्वले नै ‘नयाँ र पुरानो’ भन्ने गम्भीर खाडलको श्रृजना गरिदिएको छ । जसको कारण पुरानोले नयाँलाई पत्याउँदैन र नयाँले पुरानालाई मान्दैन ।

आजको जस्तो अर्काको सहारामा नेता बन्ने समय थिएन त्यो बेला, तैपनि राप्रपा स्थापित भयो र आजको अवस्थामा आइपुगेको छ । हिजो उहाँहरुको सोँच, चिन्तन र कल्पना नभएको भए आज राप्रपाका नाममा सयौंको संख्यामा शायद नेता तथा मन्त्री, उपप्रधानमन्त्री हुँदैन थिए होलान् ।

जे होस् राप्रपाका संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दज्यूसँगको भेट अविस्मरणीय रह्यो ।

(लेखक राप्रपाका केन्द्रीय सदस्य हुन्)