Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सल्लेरीमा टिपर दुर्घटना हुँदा चालक र सहचालक घाइते « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सल्लेरीमा टिपर दुर्घटना हुँदा चालक र सहचालक घाइते

चिन्तन खबर

फिदिम । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा टिपर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । टिपर सडकमै पल्टिएपछि सडक पनि अवरुद्ध भएको छ ।

आज विहान १०ः३० बजे जोरपोखरीबाट हेंवा खोलातर्फ आउँदै गरेको प्र १–०२–००१ क ३८७४ नम्बरको टिपर अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिनुभयो । सो दुर्घटनामा टिपरका सहचालक संखुवासभाका २७ वर्षीय विक्रम बिक गम्भीर घाइते भएका छन् । उनको बाँया कोखामा चोट लागेको छ । उनलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) धरान पठाइएको छ ।

यस्तै टिफर चालक भोजपुरको षडानन्द नगरपालिका–१३ का २८ को रिन्छिन तामाङ सामान्य घाइते भएका छन् । उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीले अवरुद्ध सडक सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ ।