पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड

चिन्तन खबर

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड गरिएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको शेयरका लागि १४ लाख ६६ हजार ६२ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्यमवाट ७ लाख ६ हजार जना सफल आवेदनकर्ता छनौट गरी न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले यसअघि नै रु। १०० अङ्कित मूल्यका ४ लाख ८० हजार कित्ता शेयर र सामूहिक लगानी कोषको लागि छुट्याइएका ४ लाख ८० हजार कित्ता शेयर बाँडफाँड गरिसकेको छ ।

नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन नेपाल लाइफ इन्स्योरेन्सको जारी पूँजी रु।३ अर्व २० करोडको ३० प्रतिशतले हुने रकम रु ९६ करोड वरावरको रु।१०० अंकित दरमा ९६ लाख कित्ता साधारण शेयर मध्ये प्रतिशेयर रु। १०० अंकित दरमा प्रिमियम रु। १३९ थप गरी जम्मा मूल्य रु। २३९ मा ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको थियो ।

यस्तै ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई तथा कम्पनीमा कार्यरत कर्मचारीलाई पनि त्यति नै कित्ता निष्काशन तथा बाँडफाँड गरी बाँकी रहेको ७६ लाख ८० हजार कित्ता साधारण साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुला गरिएकोमा आज बाँडफाँड कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।