Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फालेलुङका पाँच विद्यालयमा सट्टा शिक्षक « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फालेलुङका पाँच विद्यालयमा सट्टा शिक्षक

चिन्तन खबर

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिकाका पाँच वटा विद्यालयमा सट्टा शिक्षक राखेको पाइएको छ । पाँच वटा विद्यालयका पाँच जना शिक्षकले सट्टा शिक्षक राखेका हुन्, जसमा एक जना प्रधानाध्यापक समेत छन् ।

दरबन्दीमा कार्यरत शिक्षकहरुले आफू अध्यापनको कार्यमा सम्लग्न नभई अन्य ब्यक्तिलाई सो कार्यमा लगाएको गुनासो आएपछि तत्कालै सट्टा शिक्षक हटाउन भनिएको फालेलुङ गाउँपालिकाको शिक्षा शाखाका प्रमुख कृष्ण रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार फालेलुङ वडा नं. ३ को सरस्वती माध्यमिक विद्यालय, वडा नं. ४ को नरेलुङ आधारभूत विद्यालय र वडा नं. ६ का दीपज्योती, सिंहवाहिनी र बुढीथाम आधारभूत विद्यालयमा सट्टा शिक्षक राखिएको गुनासो आएको छ ।

सट्टा शिक्षक राखिएको पाइएपछि तत्कालै हटाउन गाउँपालिकाले हिँजो पत्र लेखेको छ । पत्रमा सट्टा शिक्षक राखेको पाइएमा माध्यमिक विद्यालयको हकमा प्रधानाध्यापक र लेखापाल तथा आधारभूत विद्यालयको हकमा प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष जिम्मेवार हुनुपर्ने भनि सचेत गराइएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिनुभयो ।

शिक्षा शाखा प्रमुख रिमालका अनुसार विगतमा पनि सट्टा शिक्षक राखेको गुनासोपछि गाउँपालिकाले कडाई गरेको थियो । केही समयलाई समाधान भएको सट्टा शिक्षक राख्ने काम गत वर्षदेखि पुनः चलेको भनि गुनासो आएको रिमालले वताउनुभयो । “विगतमा पटक–पटक सचेत गराएपछि यो समस्या हल भएको थियो । अहिले एक/डेढ वर्षदेखि सट्टा शिक्षक राखेको सुन्नमा आएको छ”, रिमालले भन्नुभयो, “सचेत गराउनका लागि अहिले शिक्षकहरुको नाम सार्वजनिक गरेका छैनौं ।”

दरबन्दीका शिक्षकहरुले निकै कम तलबमा अन्य ब्यक्तिलाई सट्टा शिक्षकका रुपमा राखेर अध्यापन कार्यमा सहभागी गराउने गरेका छन् । शिक्षकहरु राजनीतिक दलका नेता, उपभोक्ता समिति तथा संघ संस्थाको नेतृत्वमा रहि अन्य काम गर्ने र आफ्नो जिम्मेवारी वेरोजगार रहेका अन्य ब्यक्तिहरुबाट पूरा गराउने गरेका छन् । डेढ दशकअघि पाँचथरका ‘खेताला शिक्षक’ राखेको पाइएपछि जिल्ला शिक्षा कार्यालयले कडाईका साथ कदम चालेको थियो । यसपछि खेताला शिक्षक राख्ने कार्य अन्त्य भएको थियो ।

स्थानीय तह निर्माणपछि जनप्रतिनिधिलाई प्रभावमा पारी यहाँका कतिपय शिक्षकहरुले आफ्नो हितअनुकूल प्रयोग गर्ने गरेका छन् । शिक्षकहरु राजनीतिक दलका विभिन्न तहका समितिका कार्यकारी पदमै बसेर समेत काम गरिरहेका छन् । गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा शिक्षकहरु चुनाव प्रचारका कार्यमा सम्लग्न भएको भनि प्रमाणसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । तर कुनै पनि शिक्षकलाई स्पष्टिकरण सोध्ने कार्य समेत नभएको सरोकारवालाको गुनासो छ ।