काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव नगइ मिलेस सरकार बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताउनुभएको हो ।
उहाँले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भए पनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभई मिलेर सरकार बनाउनुपर्ने पक्षमा आफू रहेको दाबी गर्नुभयो ।
अध्यक्ष नेपालले मध्यावधि चुनावमा नगइ सहमतिको सरकार गठन गर्न सकेमा प्रदेशको लागि पनि राम्रो हुने सुझाव व्यक्त गरे ।
प्रतिक्रिया