काठमाडौं । शुक्रबार सम्पन्न भएको नेपाल दुरसंचार प्राधिकरणको आधिकारीक युनियन–स्वतन्त्र कर्मचारी युनियनको निर्वाचनमा विजयी उम्मेद्वारहरुले सपथ तथा पदभार ग्रहण गर्नुभएको छ । आइतबार एक समारोहकाबीच विजयी टीमले सपथ, पदभार तथा प्रमाणपत्र ग्रहण गर्नुभएको नवनिर्वाचित कोषध्यक्ष मनोज पौडेलले बताउनुभयो ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष शिवराज जैशीले प्राधिकणको कर्मचारीकोलागि स्वतन्त्र कर्मचारी युनियन सबै कर्मचारीको साझा भएको बताउनुभयो । उहाँले प्राधिकरणमा कर्मचारीका समस्यालाई सम्बन्धित निकायमा समन्वय गरि सहजिकरण गर्न आफु र आफ्नो टीम लागि पर्ने बताउनुभयो ।
शुक्रबार सम्मन्न नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी युनियनको निर्वाचनमा जैशीको प्यानल विजयी भएको थियो ।
निर्वाचनबाट अध्यक्षमा जैशीसहित उपाध्यक्षमा सोनू केसि, सचिवमा राजु रिजाल, कोषध्यक्षमा मनोज पौडेल विजयी हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सागर कुमार भट्टराई, निरु कुमारी लेखक, राधेश्याम मल्लले जित हासिल गर्नुभएको हो ।
निर्वाचन समितिले घोषणा गरेको मत परिणामअनुसार यूनियन अध्यक्षमा जैशीले प्रतिस्पर्धी कैलाश कार्कीलाई २० का विरुद्ध २३ मत ल्याउँदै हराउनुभएको हो ।
यस्तै कार्की समूहबाट उपाध्यक्षमा सरिता ज्ञवालीले १३ मत ल्याउँदा जैशी समूहबाट बिजयी हुनुभएकी सोनू केसिले २९ मत हासिल गर्नुभएको छ ।
यसैगरी सचिवमा बिजयी हुनुभएका राजु रिजालले ३१ मत ल्याउनुभएको छ । भने प्रतिस्पर्धी धमेन्द्र मेहताले १२ मत हासिल गर्नुभयो । रिजालले सबैभन्दा धेरै मत ल्याएर लोकप्रिय भोट हासिल गर्नुभएको छ ।
कोषाध्यक्षमा जैशी समूहबाटै मनोज पौडेलले २६ मत ल्याएर जित हासिल गर्नुभएको छ त्यस्तै उहाँका प्रतिस्पर्धी नवराज पुरीले १७ मत पाउनुभयो ।
यस्तै सदस्यहरुमा सागर कुमार भट्टराईले २६ मत, निरु कुमारी लेखकले २१ मत र राधेश्याम मल्लले २८ मत ल्याउनुभएको छ । तीनैजना जैशी समूहबाट चुनावी प्रतिस्पर्धामा हुनु्हुन्थ्यो ।
निर्वाचनमा कुल ४३ मत खसेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको(सेवा शर्त सम्बन्धी) विनियमावली,२०७६ अनुसार युनियनमा सहभागी हुने र मतदान गर्ने अधिकार सहायक निर्देशक र सो भन्दा मुनिका कर्मचारीहरुलाई रहेको छ।
प्रतिक्रिया