पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्सेककर्मीको क्षमता विकास तालिम चितवनको सौराहामा

चिन्तन खबर

ईवारा लिम्बू,

असोज १७, २०८० वुधबार,

फिदिम । चितवनको सौराहामा इन्सेक कर्मीहरुका लागि तालिम शुरु भएको छ । तालिम सौराहास्थित लेन्डमार्क फरेस्ट पार्कमा बुधबार शुरु भएको हो ।

गएको असार महिनामा विभिन्न जिल्लाबाट नियुक्त भएका नयाँ प्रतिनिधिहरुलाई मानव अधिकार अभिलेख,घटना पहिचान,तथ्य सङकलन र प्रसार सम्बन्धि तालिम भैरहेको इन्सेक अनलाईनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले बताउनुभयो । कार्यक्रममा इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले इन्सेकको परम्परा र मानव अधिकार अभियानको वर्तमान कार्यदिशाको बारेमा बोल्नुभएको थियो ।

अध्यक्ष अर्यालले इन्सेक संंगको आबद्धताले ब्यक्तिको बौद्धिकता फराकिलो बन्ने बताउँदै नयाँ जोडिएकाहरुलाई स्वागत गर्नुभएको छ । संस्थाको लामो इतिहास केलाउनु भएका उहाँले कमैयाप्रथा उन्मुलनमा इन्सेकको सफलताको उदाहरण सुनाउदै मानव अधिकारको रक्षा गर्न यो संंस्था सदैव कटिबद्ध रहेको बताउनु भएको छ । वरिष्ठ परामर्शदाता विनोद भट्टराईले मानव अधिकार बर्ष पुस्तकको स्तरवृद्धिमा जिल्ला प्रतिनिधिको भूमिकाबारे चर्चा गर्नुभयो । भटटराईले परम्परागत शैली त्यागेर नयाँ ढंगको अभ्यास शुरु गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पत्रकारको समाचार श्रोत सिडियो,प्रहरी र अदालत मात्र भएकोमा उहाँको चिन्ता छ । तथ्य खोज्न तल्लो तहसम्म रिपोर्टि जरुरी भएको भट्टराईले बताउनु भयो । “मानव अधिकारको होस वा पत्रकारिताको । जुनसुकै सूचना संकलन गर्दा समेत पीडित संग कुराकानी वा भेटघाट हुन आवश्यक हुन्छ । तर आजकाल त पत्रकारिता नै मरेको छ ।” उहाँ भन्नुहुन्छ, “पत्रकार हुँ भन्नेहरुलाई गालि गर्न मात्र मनलाग्ने स्थिति छ ।” नयाँ पुस्तालाई इँकित गर्दै उहाँले १० बर्षपछि आफु के बन्छु भन्ने कुरामा पूर्व योजना आज नबनाए प्रगति नहुने बताउनुभयो । अनलाईनका प्रधान सम्पादक मदन पौेडेलले तथ्य संकलन,सीप अभ्यास सम्बन्धि शैद्धान्तिक र प्रयोगात्मक कक्षा संचालन गर्नुभएको थियो भने सम्पादक तिमल्सिनाले इन्सेक अनलाईनका लागि समाचार छनोट र लेखनबारे अभ्यास गराउनु भयो । उहाँहरुको प्रशिक्षण इन्सेक अनलाईन निर्देशिका विषयमा केन्द्रित थियो ।

कार्यक्रममा केन्द्रिय कार्यलयका आईटि अनुज केसीले मानव अधिकारका सवाल जोडिने सामान्य ज्ञानको क्विज समेत सञ्चालन गर्नुभएको थियो । देशका विभिन्न जिल्लाका २२ जना इन्सेककर्मीहरुको सहभागिता रहेको तालिम बिहिबार साँझ समापन हुने कार्यतालिका छ