काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैको पक्ष नलिने भएको छ ।
आज बसेको पदाधिकारी बैठकले पार्टीको समर्थन कसैलाई पनि आवश्यक नपरेकाले अहिले तटस्थ बस्ने निर्णय लिएको हो ।
बैठकपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले कोशी प्रदेशको विषयमा गम्भीर समीक्षा गरेको बताए । राप्रपाले घटनाक्रमलाई नजिकबाट नियालिरहेका र दुईजनाले ४७र४७ जनाको हस्ताक्षर बुझाएकाले आफुहरुले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता नदेखिएको उनले बताए । उनले आवश्यक परेको बेलामा पार्टीले फेरि निर्णय लिन सक्ने बताए ।
कोशीमा सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।
प्रतिक्रिया