काठमाडौं । कोशी प्रदेशमा आठौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस संस्थापन इतर समूहका केदार कार्की नियुक्त भएका छन् ।
संबिधानको धारा १६८(३) अन्तरगत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।उनले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संबिधानको धारा १६८(५) अन्तरगत सरकार गठनको आव्हान गरेका थिए ।
सो धारा अन्तरगत केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्रीको दावी पेस गरेका थिए । काङ्ग्रेसबाट प्रदेश सभा सदस्य निर्वाचित भएका केदारले काङ्ग्रेसको निर्णयको विरुद्धमा विद्रोह गर्दै काङ्ग्रेसका ८ प्रदेश सभा सदस्य सहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दावी पेस गरेका हुन् ।
काङ्ग्रेसका ८ र एमालेका उप सभामुख सहित ४० सदस्यले केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । कोशी प्रदेश सभामा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्दछ । एमालेबाट कोशी प्रदेशको उप सभामुखले सभा चलाएको अवस्थामा पनि उनको पक्षमा ४७ सदस्य पुग्ने छन् ।
प्रतिक्रिया