Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
इन्द्र आङ्बोको कांग्रेसलाई प्रश्न – पार्टीको आधिकारिक निर्णय किन लागू गर्न सकेन ? « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

इन्द्र आङ्बोको कांग्रेसलाई प्रश्न – पार्टीको आधिकारिक निर्णय किन लागू गर्न सकेन ?

चिन्तन खबर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदिय दलका नेताले इन्द्र आङ्बोले पार्टीको आधिकारीक निर्णय कांग्रेसले लागू गर्न नसकेकोमा प्रश्न गर्नुभएको छ । मुख्यमन्त्री दाबी गर्नुभएका आङ्बोले सत्ता गठबन्धनका सहकार्य दल नेपाली कांग्रेसबाट धोका भएको औल्याउनु भएको हो ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उहाँले सत्ता सहकार्यमा आफ्नो पार्टीले एमाले नेतृत्वमा आफ्नो पार्टी फिर्ता आएको, सभामुखलाई राजिनामा गर्न लगाएको, २–२ पटक मुख्य मन्त्रीमा कांग्रेसलाई नै सहयोग गर्दा पनि कांग्रेसले पार्टीको निर्णय लागु गर्न नसकेको बताउनुभएको हो ।

उहाँल लेख्नुभएको छ –‘हामीले गठबन्धन र सत्ता सहकार्य काङ्ग्रेस सङ्ग गरेको हो गुट, उपगुट र पार्टी भित्रको असन्तुष्टि ब्यबस्थापनको जिम्मा स्वयं कांग्रेस कै हो, पार्टीको आधिकारिक निर्णय कांग्रेसले किन लागू गर्न सकेन यसको समीक्षा गर्ला वा नगर्ला त्यो कांग्रेस कुरा हो ।’

उहाँको स्टाटस जस्ताको तस्तै :

सार्बजनिक जानकारीको निम्ति….
– गठबन्धन खासगरी काङ्ग्रेस कै आग्रहमा हामी एमाले नेतृत्वको प्रदेश सरकारबाट फिर्ता भयौं।
– गठबन्धनको कठिन अंक गणितको बावजुत बहुमत पुर्याउने र बिश्वासको मत पनि पाउने बिश्वासिलो आधार हाम्रो दल सङ्ग हुदा पनि गठबन्धनको संबेदनसिलतालाइ ख्यालमा राखेर मुख्यमन्त्रीमा काङ्ग्रेसको दाबिलाइ हामीले स्विकार गर्यौ।
– पहिलोपटक सरकार गठनमा काङ्ग्रेसका उम्मेदवारलाई सभामुखको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी गर्न पनि हामी तयार भयौं ।
– मुख्यमन्त्रीको नियुक्ति सर्बोच्चले बदर गरेपछी काङ्ग्रेस कै नेतालाइ मुख्यमन्त्री बनाउन माओवादी संग भएको सभामुख समेत राजीनामा गराएर बहुमत सहित सरकार गठन गर्न तयार भयौं।
– २/२ पटक काङ्ग्रेस नेतृत्वको सरकारले बहुमत सिद्ध गर्न नसकेपछी गठबन्धन भित्रैबाट सरकार बनाउने र बिश्वासको मत प्राप्त गर्ने भरपर्दो आधार सहित प्रदेशलाइ स्थायित्व दिन हामीले मुख्यमन्त्रीको दाबि गरेका हौं।
-हामीले गठबन्धन र सत्ता सहकार्य काङ्ग्रेस सङ्ग गरेको हो गुट,उपगुट र पार्टी भित्रको असन्तुष्टि ब्यबस्थापनको जिम्मा स्वयं काङ्ग्रेस कै हो,पार्टीको आधिकारिक निर्णय काङ्ग्रेसले किन लागू गर्न सकेन यसको समीक्षा गर्ला वा नगर्ला त्यो काङ्ग्रेको कुरा हो।
-सत्ता गठबन्धन भित्रको सहमति र सहकार्यमा थप बिभाजन र जटिलता नआवस भन्ने चाहना र हाम्रो दाबी पनि नपुग्ने अवस्था भएकोले प्रदेश प्रमुखले बोलाउनु भएको सनाखतमा हामी सहभागी नहुने निष्कर्षमा पुग्यौं।
– प्रदेश सरकार गठनमा सुविधाजनक बहुमत र बिश्वासको मत प्राप्त गर्ने भरोसा सहित केन्द्रीय गठबन्धनका शिर्ष नेताहरुले मुख्यमन्त्रीको उम्मेदवार बनाउने गरेको निर्णयप्रति सधैं आभारी रहने छु तपाईंहरुले गर्नुभएको बिश्वास र भरोसा डगमगाउन दिने छैन।
अन्त्यमा हाम्रो पार्टीले गरेको निर्णयबाट बनेको गठबन्धन र सत्ता सहकार्यमा म र मेरो दल सधै इमानदार र प्रतिबद्ध रहने छ।धन्यवाद
इन्द्र आङ्बो
दल नेता
नेकपा(माओवादी केन्द्र)