पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्तमान सरकारको कारण देशले नै दुःख पायोः पूर्वमन्त्री नेम्वाङ

चिन्तन खबर

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वसन्तकुमार नेम्वाङले वर्तमान सरकारका कारण देशले नै दुःख पाएको बताउनुभएको छ । पाँचथर–काठमाडौं संपर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको दशैं, तिहार, छटलगायतका चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले वर्तमान अहिले सम्मकै नालायक सरकार भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘चुनावका समयमा कुनै एजेण्डा विना चुनावमा होमिएका थिए गठबन्धन दलहरु । उनीहरुको एजेण्डा थियो एमाले हराउने । सोहि कारण अहिलेको सरकारले केही गर्न सकेको छैन ।’

मुलकु संकटमा रहेको भन्दै उहाँले भन्नुभयो –‘ मुलुक अफ्ठेरो अवस्थामा छ । देशको आर्थिक स्थिति खस्कदै छ । यो अवस्था ल्याउन अहिलेको सरकार जिम्मेवार छ। यो सरकारलाई जसरी भएपनी सरकारबाट बाहिर राख्नु पर्छ । एमाले बिना कुनै पनि सरकारले कुनै निकास दिन सक्दैन ।’

कोशी प्रदेश सरकार गठनको प्रसंग निकाल्दै उहाँले संविद्यानको धारा अनुसार सरकार गठन भएको छ । उहाँले स्वर्गीय पार्टी उपाध्यक्ष तथा संविद्यानसभा अध्यक्ष सम्झदै भन्नुभयो– ‘यदि उहाँले संविद्यान निर्माणमा सुवास नेम्बाङको ठूलो भुमिका छ । उहाँ आफैले भन्नुहुन्थ्यो एमालेका प्रयासका कारण संविद्यान आएको । सोहि उहाँसहितको एमालेका कारण निर्माण भएको संविद्यान अनुसार सरकार गठान भएको हो ।’