Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कोशीको झट्काले सत्ता गठबन्धनमा संशय « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कोशीको झट्काले सत्ता गठबन्धनमा संशय

चिन्तन खबर

काठामडौं । कोशी प्रदेसको सरकार गठनमा भएको राजनीतिक ध्रुविकरणको असर संघीय सरकारमा पनि पर्ने संकेत देखिएको छ । कोशीको यो झट्काले माओवादी केन्द्रको नेतृत्वमा बनेको संघीय गठबन्धन सरकार १० महिना पुग्दानपुग्दै परिवर्तन हुने स्थिति देखापरेको हो । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला पक्षका केदार कार्की नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बिहान कांग्रेससहितको सत्ता गठबन्धनलाई निरन्तरता दिन नयाँ सहमति गर्नुपरेको छ ।

कोशीमा भएको राजनीतिक धु्रवीकरणको बाछिटाले संघीय सरकार प्रभावित हुने देखिएपछि दाहालले सत्ताको प्रमुख घटक कांग्रेसका दुई नेताहरू शेरबहादुर देउवा र कोइरालासँग यही गठबन्धन र सरकारलाई निरन्तरता दिने सहमति गर्नुपरेको हो ।

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रको समेत समर्थन रहेको जनाउँदै दाहालले प्रधानमन्त्री पद जोगाउन कांग्रेसका दुई नेतालाई बोलाएर यस्तो सहमति गरेका हुन् ।

गठबन्धन दलको बुधबारको बैठकले कोशी को मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो । तर कांग्रेस नेता कोइरालाले गठबन्धन दलको निर्णय अस्वीकार गर्दै कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न लगाए । कोइरालाको चाहनाअनुसार नै कार्की मुख्यमन्त्री बनेपछि त्यसले कोशी प्रदेशको राजनीतिक समीकरण मात्र होइन, संघीय सरकारको समीकरणमा पनि धक्का पुग्ने आकलन हुन थालेको छ ।

‘कोशीमा नेपाली कांग्रेसले आफ्ना सांसदलाई एक बनाउन नसकेपछि संघीय सरकारको आयु पनि कम हुन्छ भन्ने महसुस हामीलाई भयो’, माओवादीका एक पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार यसले संघीय सरकार दाहालको नेतृत्वमा लामो समय रहँदैन भन्ने संकेत गरेको छ ।

यो समाचार नागरिक दैनिकमा छ ।