Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
ढुंगाले किच्दा पाँचथरमा एक जनाको ज्यान गयो « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

ढुंगाले किच्दा पाँचथरमा एक जनाको ज्यान गयो

चिन्तन खबर

फिदिम । पाँचथरको जिल्लाको हिलिहाङ गाउँपालिका १ खोलाखर्कमा निर्माणाधिन काबेली ए जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा ढुंगाले किचेर एक जना श्रमिकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सुरुङमा ड्रिल गर्ने क्रममा ढुंगा झरेर किच्दा भूपाल मगरको घटनास्थलमै मृत्यु भएकोे हो । इलामको देउमाई नगरपालिका ९ का अन्दाजी २५ बर्षीय मगरलाई आइतबार ढुंगाले किचेको प्रहरीले जनाएको छ । मृततको शव मोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरलिे जनाएको छ । घटनाको थप अनुसन्धान पनि अघि बढाइएको प्रहरीले जनाएको छ ।