काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ । नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने भएको हो ।
माओवादी केन्द्र कोशी प्रदेशको आज (सोमबार) बसेको कार्यालय बैठकमा यस विषयमा छलफल भएको थियो । उक्त छलफलले विश्वासको मत दिनुपर्ने निष्कर्ष निकालेको हो ।
गठबन्धनको निर्णय विपरीत कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । उनले बुधबार विश्वासको मत लिन लागेका छन् ।
प्रतिक्रिया